‘गणेशमानको आदर्श र सिद्धान्त भुल्नु हुँदैन’
तनहुँ | कात्तिक २४, २०७९
दमौलीः नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व गणेशमान सिंहको योगदान अतुलनीय रहेकामा जोड दिइएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमानको १०८औँ जन्मजयन्तीका अवसरमा गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरुले स्व गणेशमानको योगदानलाई सधैँ सम्मान गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले स्व सिंहको योगदानलाई कसैले पनि भुल्न नमिल्ने उल्लेख गर्दै स्व गणेशमानले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने पार्टीलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन गणेशमानको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।
समितिका कार्यबाहक सभापति रामचन्द्र बस्नेत, सचिव समुद्र गोदारलगायतले गणेशमान सिंहको योगदानको चर्चा गर्नुभएको थियो । सोही अवसरमा व्यास नगरपालिका–२ मा रहेको गणेशमानको अर्धकदको शालिकामा पुष्प अर्पण गरिएको थियो ।
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...
काठमाडौं: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो । सार्वजनिक भएको...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि ...

